धरान : मोरङ र भोजपुरमा भएका दुई छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । 

मोरङको रतुवामाई नगरपालिका २ डोरियामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका २ डोरिया का २१ वर्षीय निरञ्जन कुमार सिंह रहेका छन् ।

आज बिहान साढे ११ बजे घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागि घाइते भएका सिंहलाई उपचारको लागि रंगेली अस्पताल पुर्याउदा साढे १२ बजे चिकित्सकले  मृत्यु भएको जानकारी दिएका हुन् । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको छ ।

यसै गरी भोजपुरको साल्पासिलिछो गाउँपालिका ६ ढाडेगाँउ का ६७ वर्षीय खड्ग बहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ । 

हिजो भकिम्लो टिप्न गएको राई घर नफर्किए पछि आज बिहान ७ बजे आफन्तहरूले खोजतलास गर्ने क्रममा छुम्लुङ खोलामा मृत अवस्थामा फेला परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।