धरान : मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका-७ मा बुधवार राती पौने ८ बजे भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को १ च ३६४४ नम्बरको भ्यान र विपरीत दिशा तर्फ जाँदै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय २१ वर्षीय पवन लिम्बुको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।

यसैगरी सुनसरीको कोसी गाउँपालिका ३ को भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर १ जनाको मृत्यु छ । बुधवार साँझ ६ बजे उखु लोड गरेर डोरीले बाँध्ने क्रममा एक्कासि ट्याक्टरको ट्रली पल्टिएर किच्दा स्थानीय ४० वर्षीय कुमार उरावको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।