युवती हत्याको आरोपमा इलाममा २० वर्ष पछि एक जना पक्राउ

  • पुष २९, २०७८
  • १९१ पटक पढिएको
  • कपुरी न्युज
alt

झापा : इलामको सूर्योदय नगरपालिका–३ (साबिक पशुपतिनगर गाविस-३) की १८ वर्षीया रोजिना राईको हत्याका आरोपी २० वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीले सूर्योदय नगरपालिका–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई रोजिना हत्याको आरोपमा पक्राउ गरेको हो ।

२०५८ माघ ७ गते बिहान हसियाले घाँटी रेटेर हत्या गरेको अवस्थामा रोजिनाको शव फेला परेको थियो । पक्राउ परेका राईले २०५८ माघ ६ गते बेलुका खेताला बोलाउन मृतककी दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी गोठमा रहेकी रोजिनालाई जबरजस्ती तानेर लगेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पत्रकार सम्मेलन गर्दै घटना सार्वजनिक गरेको हो । त्यस वेला दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी भीममाया राईको घरबाट पश्चिमतर्फको बाटोभन्दा केही तल रोजिनाको शव भेटिएको थियो ।

आरोपितले रोजिनालाई लिएर दिदी चमेलीको घरमा जाने क्रममा बाटोबाट लडेर डिलमुनि खसेर रुन थालेपछि म आफू फस्छु भनेर रोजिनाले बोकेकै हसियाले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेको उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

प्रहरीले घटनाको मुचुल्का, मिसिल, फोटो अध्ययन सुरु गरेको जनाएको छ । त्यसलाई हेर्दा यौनजन्य क्रियाकलाप हो कि भन्ने पनि शङ्का रहेको र खुलिनसकेको बताइएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2022 - Kapurinews.com All rights reserved