विराटनगर : धरानमा ४३ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना सङ्क्रमण भएको छ ।

५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा २, धनकुटा, सङ्खुवासभा, इलाम, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा ११४, सुन्दरहरैचामा ४, पथरीशनिश्चरे, बुढीगंगा र कटहरीमा २-२, रतुवामाई, कानेपोखरी, धनपालथान, सुनबर्षी, ग्रामथान, उर्लाबारी र लेटाङ, बेलबारीमा १-१, सुनसरीको धरानमा ४३, इटहरीमा १७, इनरुवामा ३, दुहबी र देवानगञ्जमा २-२, झापाको बिर्तामोडमा ९, भद्रपुरमा ७, दमक र मेचीनगरमा ४-४, अर्जुनधारा र शिवसताक्षीमा २-२, बुद्धशान्ति, कचनकवल, बाहृदशी, हाल्दिबारी र कनकाईमा १-१, उदयपुरको त्रियुगा र कटारीमा १-१, धनकुटाको धनकुटा नगरपालिका, सङ्खुवासभाको पाँचखपन, इलामको चुलाचुली, पाँचथरको मिक्लाजुङ र भोजपुरको षडानन्दमा १-१ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण भएको हो ।

प्रदेश १ मा आज ८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८३८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।