धनकुटा : धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ५ बजे धनकुटा नगरपालिका वडा नं. २ गुराँसे नजिकै नागढुंगा स्थित कोशी राजमार्गमा प्र ०३-००१ क ०५४९ नम्बरको हाइवा टिपर सडक बाट अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुँदा टिपर चालक र सह-चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि टिपर चालक प्युठान जिल्लाको मान्डवी गाउँपालिका वडा नं. १ का २८ वर्षीय भुवन थ्रेडी मगर र सह–चालक दाङ जिल्लाको बबई गाउँपालिका वडा नं. ३ का २१ वर्षीय नवीन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर दुर्घटना भएपछि पुगेको प्रहरीले दुवै जनाको सब गाडी मुनी किचिएको अवस्थामा फेला पारेको धनकुटाका प्रहरी उपरीक्षक नहकुल पोख्रेलले जानकारी दिए ।