धरान : झापाको दमक नगरपालिका २ हुम्से-दुम्से सामुदायिक जङ्गलमा चेकिङको क्रममा गाँजा र चरेस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम माङ्सेवुङ गाउँपालिका २ का ३२ वर्षीय दीपेन्द्र राई र १९ वर्षीय नुवसन मुखिया रहेका छन् । आज बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनीहरू सवार मे ३ प ५६६२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो ।

लागुऔषध फेला परे पश्चात् उनीहरू सवार रहेको मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।