धरान : मोरङको लेटाङ नगरपालिका-९ वसन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका-५ का ६० वर्षीय इन्द्र बहादुर राई रहेका छन् । आज बिहान १० बजे अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अवस्थामा फेला पारेको हो ।

उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक-३ नाल, बारुद-२ डब्बा, गोली-१८ थान, छर्रा-५ पोका, खुकुरी-१ थान, गेटिस (गुलेली)-१ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भइरहेको छ ।