आज माघे सङ्क्रान्ति अर्थात् आज कुम्भ सङ्क्रान्ति, घिउ, चाकु, तिलको लड्डु एवम् तरुल लगायतका परिकार खाएर मनाइँदै छ। आजबाटै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जानेछन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

माघ १ गतेलाई समुदाय र स्थान अनुसार नाम र मनाउने तरिका फरक–फरक रहेको छ। यस दिनलाई लिम्बूहरूले कक्फेवा तंनाम र राईहरूले यले दों नामले मनाउने गर्दछन्। अर्थात् आज देखि यलम्बर संवत् अनुसार हुने गर्दछ। आजबाट यलम्बर संवत् ५०८१ समाप्त भएर ५०८२ सालमा प्रवेश गरेको छ। त्यसैले किरात समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरेका छन् ।

त्यसैगरी तराईवासीले माघे सङ्क्रान्तिलाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् भने नुवाकोटको तारुकामा गोरु जुधाएर रमाइलो गर्ने चलन रहेको छ‌। थारु समुदायले पनि माघ संक्रान्तिलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरेका छन् ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका नदीमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्ने गर्दछ ।

माघेसंकान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारहरूले जाडोमा न्यानो प्रदान गर्ने विश्वास रहेको छ। आजको दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने जनविश्वास रहेको छ । शरीरका नाडी, स्नायु मण्डल र हड्डीलाई तिलको तेलले मानिसलाई सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेदीय शास्त्रीय मान्यता रहेको छ । तिलको तेल लगाउनाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुने वैज्ञानिक मत समेत रहेको छ।

Tarul-4