झापा : रोटरी क्लब काँकरभिट्टाको दशैं चार्टर डे तथा १ सय १५ औँ रोटरी अन्तर्राष्ट्रिय डे विविध कार्यक्रमसहित सम्पन्न भएको छ । रोटरी क्लब काँकरभिट्टाको स्थापना सन् २०१० मा स्व. अरुण कुमार श्रेष्ठको अगुवाईमा यहाँका विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरेर बसेका २३ जनाबाट क्लब भएको हो ।

झापाको मेचीनगर ६ काँकरभिट्टास्थित होटल हिकोला हेरीटेजमा आयोेजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डिष्ट्रिक गर्भनर नोमिनि सन्तोष रिजालले गरेको थियो । कार्यक्रममा बोल्दैं उनले रोटरी एउटा नाफामुलक संस्था नभएर सामाजिक सेवाप्रति सर्मपित संस्था रहेको बताए । हरेक आफ्ना लागि मात्र नभएर समाज र दीन दुःखीका लागि पनि केही गर्नुपर्ने भन्दैं आफुले आर्जन गरेको केही रकम समाजसेवामा लगाउनुपर्ने उनको भनाई थियो । रोटरीले हरेक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गदैं उनले अब आफ्नो लागिमात्र होइन समाजका लागि पनि केही गर्नुपर्छ भन्ने हरेको सोच हुनुपर्ने बताए ।

रोटरी क्लब काँकरभिट्टाको सन् २०१९ का अध्यक्ष मोहन निरौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रेसिडेण्ट नोमिनि तथा सन् २०२२ -२०२३ का अध्यक्ष सुजन प्रधानले रोटरी क्लब काँकरभिट्टाको विगत तथा वर्तमानका बारेमा सहभागीलाई जानकारी गराए ।