धरान: धरान १५ स्थित बगरकोट लोकदोहोरी साँझ लाउन्ज एण्ड बारमा यही फागुन २९ गते विहिबारका दिन हुने , फेसन सो २०२० को लागी १४ जना मोडलहरू अन्तिम तयारी गरीरहेका छन ।

बगरकोट लोकदोहोरीको आयोजनामा हुने उक्त फेसन सोको मोडलहरुलाई क्याट वक, फोटोसुट र क्यामरा फेसिङ लगायतको विषयमा तालिम गराइएको संयोजक मौसम गुरुङले बताए । मनोजञ्जन साथै बगरकोटमा व्यवसायिक व्यापार बनोस भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरीएको गुरुङले बताए ।

यसअघि भएको अडिसनबाट छनौट भएको १४ जना मोडलहरूले फाइनलको बेला वक गर्ने कार्यक्रम निर्देशक स्नेहा गुरूङले बताइन । अडिसनबाट धरानको अञ्जना राई, झरना राई, सिम्रन राई, अनु मगर, प्रिया लिम्बु, साइना श्रेष्ठ, मौनता तामाङ, गिता कटुवाल, क्युसा राई र हाङ्गमा लिम्बु रहेकी छन । यस्तै इटहरीबाट विनिता चौधरी, तमन्ना राई र रन्जु तामाङ छन भने पथरीबाट मनिता परियार रहेकी छिन ।

कार्यक्रमको कोरियोग्राफअर मिस लुमियर इन्टरन्यासनल वर्ल्ड २०१९ मा मिस ग्लामर टाइटल विजेता सिम्रन श्रेष्ठ रहेकी छिन । कार्यक्रममा मेकअप आर्टिस्ट सुजता गुरुङको मेकअप रहनेछ भने छथरे ढाका उधोग र सिसा बुटिकको पहिरनमा मोडलले वक गर्नेछन । सोमा ढाकाको साडी, गाउन र लेहेङ्गा, क्याजुअल र वान पिस गरी चार वटा सिक्वेन्स रहनेछ । कार्यक्रममा गरीमा डान्स सेन्टरको प्रस्तुती समेत राखिएको छ ।