धरान : धरान रंगशालामा शनिबार रोमान्चक फुटबल प्रतियोगिता भयो ।

कुनै ठुलै प्रतियोगिताको उपाधि जित्नका लागि भने प्रतियोगिता थिएन । मैत्रीपुर्ण खेल निकै रोमाञ्चक बन्यो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई , धरान फुटबल क्लवका अध्यक्ष किशोर राई समेत मैदानमा उत्रिएका थिए ।

सधै तन्नेरी खेलाडीहरुको घम्सा घम्सी हुने धरान रंगशालामा केही पाको उमेरका खेलाडीहरुको भिडन्त देखियो । खेल एफसि गोर्खा भेट्रान युके र धरान भेट्रान फुटबल क्लबबीच भयो । प्रतियोगिता हारजित भन्दा पनि सामाजिक सेवामा समर्पित थियो । खेलमा हार जित स्वभाविक थियो । मैत्रीपुर्ण खेलमा धरान भेट्रान फुटबल क्लबलाई २–१ गोलअन्तरले हराउदै गोर्खा भेट्रान विजयी भयो । गोर्खा भेट्रानको लागि दुवै गोल झविन्द्र लिम्बुले गरेका थिए । धरान भेट्रानको लागि जनक राईले एक गोल मात्रै गर्न सफल भए ।

गोर्खा भेट्रान युकेको आयोजनामा मैत्रीपुर्ण खेल भएको थियो । धरानको पुर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति बाल कल्याण विद्यालयलाई आर्थिक सहयोग जुटाउन मैत्रीपुर्ण खेल आयोजना भएको हो ।
धरान १६ स्थित पुर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति बाल कल्याण विद्यालयलाई आर्थिक सहयोग स्वरुप ३ लाख ६० हजारका दरले दुई विद्यालयलाई गोर्खा भेट्रन युकेले जम्मा ७ लाख २० हजार आर्थिक सहयोग गरेको छ ।

र्खा भेट्रान युकेले मैत्रीपुर्ण खेलको टिकट र आफ्ना सदस्यहरुको मद्दतले युकेबाट संकलन गरेको पैसा दुवै विद्यालयलाई बराबरी प्रदान गरेको एफसी गोर्खा भेट्रान युके क्लबका मेनेजर बुद्धि कुमार सुनुवारले बताए । यस कारण पनि शनिबार सम्पनन धरान रंगशालाको फुटबल महत्वपुर्ण थियो । खेल खेलेर सामाजिक काम गर्नु एउटा उदाहारणीय कार्य हो ।