इटहरी : विश्वभरि फैलिएको कोरोना भाइरस महामारी नियन्त्रणको ५० बेडको आइसुलेनसहितको अस्पताल बनाउने देखि अन्तर्राष्ट्रिय नाका बन्द गर्न सङ्घीय सरकारलाई आग्रह गर्ने प्रदेश एक सरकारले निर्णय गरेको छ ।

प्रदेका एकका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शुक्रवार बसेको बैठकले एक साता भित्रमा ५० बेडको अस्पताल बनाउने निर्णय गरेको हो । ५० शैयाको अस्पतालमा न्यूनतम १० वटा भेन्टिलेटर सहितको बेड हुने छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा साबिक नेसनल ट्रेडिङको भवनमा एक हप्तामा निर्माण सक्ने योजना छ ।

निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले पाएको छ । त्यसै गरी छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय प्रदेशले गरेको छ।

कोरोनाको परीक्षणको लागि विराटनगरस्थित कोसी अस्पताल र वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिकल प्रयोगशालालाई आवश्यक स्तरोन्नति गरी प्रयोग गरिने भएको छ ।