धरान : धरानमा खुलेको नयाँ मट्का चिया क्याफेले प्रसिद्धि कमाउदै आएको छ । यूनिक तरिकाबाट सेवा प्रदान गर्दै आएको क्याफेमा धरानका यूवा यूवतिहरुका पहिलो रोजाईको बनेको छ ।

धरान १९ विरेन्द्र चौकमा संचालित चिया स्टेनशन क्याफ नामक यस क्याफेमा माटोको गिलास र कपमा चिया विक्री गर्ने गर्दछ । चिया खाईसकेपछि त्यसमा ग्रहकले आफ्नो नाम र कुनै पनि शन्देस र चित्रहरु समेत बनाउने र एक ठाँउमा थुपार्ने गरेको छ । यहाँ प्रतिकपको ३० रुपैयाँ र ६० रुपैयाँ पर्दछ । यहाँ मनिस दही, लस्सी, नुडल्स लगायत भेज आईटम मात्र राखिएको हुनाले शाहाकारी हरुको पनि उतिकै चाम छ । किरण राईले आफ्नै घरमा यो क्याफे खोलेका हुन् । तीन महिना अघि खुलेको यस क्याफेमा दैनिक करिव २५० कप चिया विक्रीहुने र राम्रो आम्दानी गरिरहेको प्रोपराईटर किरण राई बताउँछन् ।

काठमाण्डौमा रहेको चिया घरबाट प्रभावित भएर धरानमा पनि यो काम गर्न उत्साहित भएका राई हाल डिपोट स्कुलमा कक्षा १२ मा अध्ययनरत छन् । यस काममा उनको बुवा आमा र परिवारका सदस्यहरुले पनि सघाउँछन् । आमा सूर्यकला राई बुवा उत्तर सिंह राई र मामा प्रमिस राई लागायत घर परिवारले उनको यो नयाँ सोचलाइ सहयोग गर्दै काम गर्न पाउदा खुशी देखिन्छन् ।

साथी, गफ अनि चिया भन्ने नारा सहित संचालन गरिएको यस क्याफेमा साथीभाइ भटेघाट गर्ने, मिटो रमाईलो गफ गर्ने अनि मट्का दिएको चिया र स्वादिष्ट भेज परिकार खानेहरुका लागि यो राम्रो गन्तव्य बनेको छ । यहाँ साथीभाइ मात्र हैन परिवारका लागि पनि राम्रो वातावरण भएको परिवार सहित आएका धरान सुनिल श्रेष्ठ बताउछन् ।