धरान : कोरोना विरुद्द लड्न रास्ट्रपतिले दुई महिना, प्रतिनिधिसभाका सभामुख र रास्ट्रीय सभाका अध्यक्षले एक महिनाको तलब दिने भएका छन् ।

रास्ट्रपति विद्यादेवी भण्डारी,संघिय संसदका दुवै प्रमुखहरु क्रमस अग्नि सापकोटा र गणेश प्रसाद तिम्सिनाले आफ्नो तलब वापतको रकम केन्द्रिय राहात कोषमा दिने भएका हुन् ।

सोमबार रास्ट्रपतिले विज्ञप्ति र दुवै सदनका प्रमुखले संघिय संसद सचिवालयमा पत्र पठाउदै आफ्नो एक महिनाको तलब राहातकोषमा जम्मा गराएका हुन् । ‘नेपालमा कोरोनाविरुद्ध उच्च सतर्कता अपनाइ रहेकाले आफ्नो एक महिनाको तलब दिएको उल्लेख गरेका छन्।

आइतबार बसेको मन्त्रीपरिषद्‌को बैठकले गरेको निर्णयलाई स्वागत गर्दछु। केन्द्रीय राहत कोषमा मेरो एक महिनाको पारिश्रमिक बराबरको रकम व्‍यवस्था गरिदिनु हुन अनुरोध छ।’

'कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष“ लाई आफ्नो दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुने व्यहोरा जानकारीको लागि अनुरोध छ’, कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।