धरान : धरान १४ बिजयपुरका वडाअध्क्ष कृष्ण प्रसाद भट्टराईले आफ्नै खर्चमा मास्क खरिद गरि वडाबासीलाई बितरण गरेका छन् ।
वडा अध्यक्ष भट्टराई, वडा सदस्य मंजिल कसजु अस्थायी प्रहरी पोष्ट प्रहरी प्रमुख भिम वहादुर गुरूङले वडावासिहरूले नियम पालना गरेको छन की छैनन ? वडामा अनुगमन पनि गरिरहेका छन् ।
धरानको विजयपुरमा हेल्प डेक्सको स्थापन गरी हात धुन सिकाउने, रक्तचापको परिक्षण गरी औषधी समेत दिने व्यावस्था गरिएको छ । हेल्प डेक्समा ६ सय मास्क वितरणकालागि राखिएको हाल दुई सय भन्दा बढी वितरण भएको आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख चन्द्र कला राईले बताइन ।
आपतकालीन अवस्थाकोलागि एक वडामा एउटा गाडी समेत तयारी अवस्था मा राखिएको छ । सो गाडी मार्फत मरिमराउ परेको घरमा सामान समेत पुराइदिएको गाडी चालक मणिसुन्दर खत्रिले बताए।
विजयपुरमा रहेको बुढासुव्वा मन्दिर आउदो चैत्र २१ गतेसम्म बन्द भएको जानकारी भक्तजनले थाहा नपाइपछि पुजा गर्न आएका तिन जनालाई समेत जानकारी गराउदै फर्काएको कृष्ण प्रसाद भट्टराई ले जानकारी दिए ।

































































