इटहरी : नेपाल सरकारले १ साताको लागी घोषणा गरेको लकडाउन वेवास्त गर्ने लाई इटहरी प्रहरीले पक्राउ गर्ने भएको छ । मंगलबार देखी सुरुभएको लकडाउनको समयमा बिनाकाम बाहिर निस्केको पाइएकोले अब सडकमा निस्किने लाई कडाइ गर्न लागिएको हो ।

इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार सरकारको निर्णय नमान्नेलाई पक्राउ गरि कारबाही गरिने भएको हो । सोही क्रममा बुधबार बिहानै इटहरी चौकबाट ६ जनलाई पक्राउ गरिसकिएको उनले जानकारी दिए ।

लकडाउनको समयमा घरैमा बस्नुपर्ने हुन्छ । तर सरकारको निर्देशन पालना नगरी सर्वसाधरणहरु भिडभाड गरिरहेकोले कारबाही प्रक्रिया अगाडि बढाउन लागिएको उनले बताए ।

प्रहरी प्रशासनलाई सहयोग गर्न अपिल गर्दै उनले आफुहरु प्रहरीहरुले सुरक्षा दिन तयार भएको बताए । घर भित्रै बस्न र भिडभाड गरि लुकी छिपी हिड्ने काम बन्द गर्न उनले आग्रह गरेका छन् ।