धरान : कोराना भाईरसको जोखिमबाट बच्नका लागि नेपाल सरकारले चैत्र ११ गते देखि १८ गते सम्म लकडाउन घोषणा गरेपछि आज बुधबार दोश्रो दिन धरानमा लकडाउन निकै कडा पारिएको छ ।

Lock-daun-DRN-1

लकडाउनका कारण धरानको मुख्य बजार सुनसान छ भने अहिले सम्म धरानमा प्रहरीले लकडाउन उलंघन गर्ने ८५ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

धरान प्रहरीले सरकारले कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गरी लगडाउन घोषणा गरेको समयमा धरानमा बाहिर निस्किएर हिडेका ७४ पुरुष, ११ महिला गरी ८५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले कपुरीलाई जानकारी दिएका छन ।

Lock-daun-DRN-4

बुधवारनै २३ वटा मोटरसाईकल, १२ वटा स्कुटर, ८ वटा टेम्पो र सिटी सफारी र एउटा ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अत्याबश्यक औषधीका पसल बाहेक अरु सबै पसलहरु बन्द गरिएको छ भने धरानको मुख्य सडक र बजार क्षेत्र सुनसान रहेको छ ।

Lock-daun-DRN-3

मंगलबार भन्दा आज बुधवार धरानमा लकडाउन कडा पारिएको कारण सर्वसाधरण पनि घर बाहिर कमै मात्र निस्किएका छन् । सर्वसाधरण घर बाहिर निस्किएको भेटिएमा प्रहरीले नियन्त्रणमा लिने मंगलबारनै बताएको थियो ।