कोरोना संक्रमित युवतीसंगै जहाजमा आएका ५ यात्रुको विवरण सुनसरी आई पुग्यो ३ जना सम्पर्कमा आए, दुई जनाको खोजी हुँदै

  • चैत्र १२, २०७६
  • ४०६८ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : कोरोना सङ्क्रमित युवती सँगै एउटै फ्लाइटमा आएका ५ जना यात्रुको विवरण सुनसरी आईपुगेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार धरानका २ जना, भोक्राहा नरसिंहका १ जना र दुई जना महिला यात्रुको विवरण सुनसरी आईपुगेको छ । दुई जना महिला यात्रुको बसोबास पत्ता नलागेकोले मातहतको सुरक्षा कर्मीलाई खोज्न निर्देशन दिइसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिएका छन् ।

कतार एयरवेजमा कोरोना सङ्क्रमितसँगै एउटै फ्लाइटमा आएका सुनसरीका ५ जना मध्ये ३ जना सम्पर्कमा आइसकेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । धरान १६ र धरान ६ का दुई जना मध्ये धरान १६ का व्यक्ति भने सङ्क्रमित युवतीसँगै एउटै फ्लाइटमा नआएको बताइएको छ भने धरान ६ का व्यक्ति भने सोही फ्लाइटमा आएको पुष्टि भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् ।

सोमबार र मङ्गलवार कोरोना आशङ्कामा स्वास्थ्य परीक्षण गर्न आइपुगेका १४ जना मध्ये ७ जनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन वार्डमा भर्ना गरिएको छ भने २ जनालाई मोरङको टाँडीमा रहेको क्वारेनटाईनमा पठाइएको छ भने ५ जनालाई होम क्वारेनटाईनमा पठाइएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved