धरान : धरान उपमहानगरपालिकाले विदेशबाट आएका दुई जनालाई मोरङको टाँडीको क्वारेनटाईनमा सिफारिस गरेको छ ।
धरान १६ बस्ने भनिएकोमा ११ नम्वर वडा ठेगाना रहेका र धरान ६ का दुवै जना केही दिन अघि मात्रै विदेशबाट आएकाले आफ्नो परिवार र समाजका लागि कोरोनाको संक्रमणबाट जोगाउन भन्दै उनीहरु दुबैले क्वारेनटाईनमा बस्ने इच्छा व्यक्त गरेकाले उनीहरुलाई नेपाली सेनाको सुर्यदल गण सुरक्षा गुल्म टाँडीमा नेपाली सेनाले तयार गरेको क्वारेनटाईनमा पठाउन सिफारिस पत्र पठाईएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।
दुई जना मध्ये धरान ६ काले भने कोरोना संक्रमित युवती संगैको फ्लाईटमा आएको पुष्टि भएको छ । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुको थ्रोट स्वाब परिक्षणका लागि नमुना काठमाण्डौ पठाईएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        