लकडाउन २१ दिनसम्म लम्बिन सक्छ : पर्यटनमन्त्री योगेश भट्टराई

  • चैत्र १३, २०७६
  • १०४३ पटक पढिएको
  • कपुरीन्यूज
alt

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले लकडाउनलाई जनताले पूर्णरुपमा पालना नगरे ठूलो जोखिम हुने भन्दै एकसाताको लकडाउनले नपुग्ने भएकाले २१ दिनसम्मको लकडाउन सहने गरि बस्नुपर्ने बताए ।

एक अनलाइनलाइ अन्तर्वार्ता दिने क्रममा मन्त्री भट्टराइले लकडाउन लम्बिन सक्ने बताएका हुन ।

सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको छ ।

मन्त्री भट्टराईले नगरकोटका होटलहरु र दुवाकोटस्थित केएमसी अस्पतालमा क्वारेन्टाइन बनाउन बुधवार स्थगलत निरीक्षण गरी सहमति जुटाएका छन् । क्वारेन्टाइनमा हुनुपर्ने न्युनतम मापदण्डसहित व्यवस्थित गरिने उनले बताए ।
मन्त्री भट्टराईका अनुसार केन्द्र सरकारले ५ हजारजनाका लागि क्वारेन्टाइन व्यवस्था गरेको छ भने प्रदेशहरुले दुई दुई हजारको क्वारेन्टाइन बनाउँदैछन् । त्यस्तै ६ वटा महानगरपालिकालाई पनि दुई-दुई हजार राख्ने गरी क्वारेन्टाइन बनाउन भनिएको छ ।

उपमहानगरपालिकाले एक-एक हजार र ७७ जिल्लामा कम्तिमा एक-एक हजारका क्वारेन्टाइन बन्दैछन् । सरकारले जनतालाई घरभित्रै रहन भनेको स्मरण गर्दै मन्त्री भट्टराईले अत्यावश्यक अवस्थाका लागि क्वारेन्टाइन तयारी हालतमा राखिने बताएका छन् ।

अन्तर्वार्ताका क्रममा मन्त्री भट्टराईले तत्काल टेकुमा बाहेक अन्यत्र प्रमाणिक ल्याब नभएकाले बाहिरका जिल्लामा गरिएका नमूना संकलनलाई काठमाडौं ल्याउन बिराटनगर, नेपालगञ्ज, पोखरा र भैरहवा विमानस्थलमा विमान पठाइने बताए ।

चिकित्सकहरुको व्यक्तिगत सुृरक्षा उपकरण सहितका अत्यावश्यक मेडिकल सामाग्रीहरु चीन र भारतबाट खरिद गरेर ल्याउनका लागि नेपाल एयरलाइन्सका विमान तयारी हालतमा राखिएको समेत उनले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved