इटहरी : नेपाली काँग्रेस इटहरीले विपन्न नागरिकहरू लगत सङ्कलन गरेर लकडाउन अवधिभरि खाद्यान्न सहयोग गर्ने भएको छ ।

इटहरी काङ्ग्रेसले आर्थिक अवस्था न्यून भएका परिवारहरूलाई खाद्यान्न प्रदान गर्ने निर्णय गरेको हो।

कोरोना महामारी नियन्त्रणको क्रममा देशै लकडाउन भएपछि मजदुरी गरेर परिवार पाल्नेको लगत विवरण लिन सबै वाडमा परिपत्र गरेको छ । विपन्न परिवारका कुनै पनि सदस्य खानपाउनबाट वञ्चित नहुने भन्दै काङ्ग्रेसले ५ सदस्यीय टोली समेत बनाएको छ ।

नगरका सह-सभापति कोविदजंग कार्कीको संयोजकत्वमा ५ सदस्यीय एक समिति निर्माण गरेको इटहरी सभापति हेमकर्ण पौडेलले गरेको परिपत्र मा उल्लेख छ ।
पत्रअनुसार पार्टीले इटहरीका २० वटै वडा वडा सभापतिहरूलाई त्यस्ता परिवारहरूको लगत सङ्कलन गर्न निर्देशन दिइसकिएको छ ।
समितिको सदस्यहरूमा सुमीत थापा,विक्रम घिमिरे, देवराज थापा र मिलन त्रिताल रहेका छन् । जिम्मेवारी तोकिएका व्यक्तिहरूलाई समेत सम्पर्क गर्न काँग्रेसले अनुरोध गरेको छ ।