धरान : धरानमा विहिबार लकडाउन उलंघन गर्ने एक जना पनि पक्राउ परेनन् ।

बुधबार लकडाउन उलंघन गर्ने १ सय ५९ जना पक्राउ परेका थिए भने केही सवारी साधनहरु पनि प्रहरीले नियन्त्रणमा लिईएको प्रहरीले विहिबार भने धरानमा एक जना पनि पक्राउ नगरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

शुक्रबार देखि भने केही बैंकहरु आधा समय संचालनमा आउने र ग्याँस डिलरहरुले पनि मानिस जम्मा नगरी ग्याँस विक्रि गर्न दिने र अरु सर्वसाधरणलाई भने लकडाउनको अवधिभर कोही पनि घर बाहिर ननिस्कन प्रहरीले आग्रह गरेको छ ।

विहिबारको लकडाउनमा प्रहरीले धरानका भित्री सडक र गल्लीहरुमा पनि निगारानी गरेकोले विहिबार धरानमा लकडाउनमा मानिस घर बाहिर ननिस्किएको प्रहरीले बताएको छ ।