पथरी : कोरोना भाइरस आशंका भएका विरामीहरुका लागि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले १० बेडको आइसोलेसन वार्ड तयार पारेको छ ।

पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वार्ड तयार भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईंले जानकारी दिए ।

मास्क वितरण

नगरपालिका कार्यालयले विपन्न समुदाय तथा ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई केन्द्रीत गरेर मास्क वितरण समेत गरेको छ । नगरकातर्फबाट वडा नम्वर २ मा मास्क सिलाउने र केही वितरणको काम भइरहेको छ । वडा कार्यालयहरुले समेत आ-आफ्नातर्फबाट मास्क निर्माण गरी वितरण कार्य अघि बढाएका छन् ।

वडा नम्वर ९ ले ५ सय मास्क तयार गरेर ज्येष्ठ नागरिकलाई विहिवार मास्क वितरण गरिएको वडाध्यक्ष भानुभक्त राईले जानकारी दिए । त्यसैगरि वडाका विभिन्न स्थानमा हातधुने वाल्टीहरुको पनि व्यवस्था गरिएको छ ।

१० नम्वर वडाध्यक्ष सागर राईले अमेरिकामा रहनु भएका आफ्ना बुबा गुल्सन राईसँगको सहकार्यमा ४ सय मास्क वितरण गरेका छन् । राईले वडा वासीलाई मास्क आवस्यक परे उपलव्ध गराउने समेत वताएका छन् ।