चीन र इटलीभन्दा अमेरिकामा धेरै कोरोना सङ्क्रमित

  • चैत्र १४, २०७६
  • ३६० पटक पढिएको
  • कपुरी न्यूज
alt कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरिरहेका कामबारे जानकारी दिन आयोजित प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पलगायत अधिकारीहरू।

धरान : कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ।

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय पुगेको छ। चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ।

ठूलो सङ्ख्यामा सङ्क्रमित पाइएको बारे सोधिएको प्रश्नमा राष्ट्रपति डोनल्ड ट्रम्पले यो धेरै परीक्षण गरेको कारण भएको बताए । राष्ट्रिय स्तरमा आवश्यक औषधोपचार सामग्री नभएका गुनासोलाई उनले अस्वीकार गरेको बिबिसि नेपालीले  अनलाइन संस्करणमा उल्लेख गरेको छ।

संसारमा पाँच लाख नाघ्यो
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ।

इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको सङ्ख्या बढेको छ। त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ।

फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ।

बीबीसीका अनुसार संसारभरि सङ्क्रमितको सङ्ख्या पाँच लाख पुग्नु गम्भीर खतरको संकेत हो। तर विज्ञहरू भन्छन् वास्तविक सङ्ख्या अझै धेरै हुन सक्छ किनकी कैयन् देशमा औपचारिक रूपमा घोषणा गरिएका सङ्क्रमितको सङ्ख्याभन्दा वास्तविक सङ्ख्या निकै धेरै हुनसक्छ।

संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ। करिब २३ हजार मानिसको ज्यान गइसकेको छ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved