धरान : धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना हेल्प डेक्समा आज सम्ममा ४३ जना स्वास्थ्य परिक्षणका लागि आईपुगेका छन् ।

प्रतिष्ठानको हेल्प डेक्समा आफुलाई आशंका गरी आफ्नो स्वास्थ्य परिक्षणका लागि आउनेहरु मध्ये ७ जनालाई प्रतिष्ठानकै आईसोलेसन वार्डमा राखिएको छ ।

बाकी २ जनालाई नेपाली सेनाले तयार पारेको मोरङ स्थित टाँडीको क्वारेनटाईनमा रेफर गरिएको छ भने बाँकी ३८ जनालाई होम क्वारेनटाईनमा पठाईएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।