झापा : कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन गौरादह नगरपालिका वडा नम्बर ७ ले वडाभित्रका विभिन्न स्थानमा कीटनाशक औषधि छर्केको छ ।

वडाध्यक्ष बलराम खरेलको अनुसार वडाभित्रका सार्वजनिक स्थानमा औषधि छर्किएको बताए ।

विशेष गरी भिडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा वडाले कीटनाशक औषधि छर्किएको हो । सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन वडाध्यक्ष खरेलले आग्रह गरेका थिए ।