धरान : सामाजिक संस्था परिवर्तनको आशा नेपालले इटहरी स्थित माया घरमा आश्रित ४८ जनाको लागि ५ दिनलाई पुग्ने खाद्यन्न सामाग्री प्रदान गरेको छ ।

मुलकभरि लकडाउन छ सबैको घर घरमा महिनालाई पुग्ने खाद्यवस्तु हुने खानेले भण्डारण गरेका होलान्  तर विभिन्न स्थानमा रहेको आश्रमहरुमा अहिले खानेकुरा नभएको खवर आएपछि होप धरानका अध्यक्ष निश्चल पलिखेलाई खवर आएपछि परिवर्तनको आशा नेपाल संस्थासँग समन्वय गरि सहयोग गरेको पलिखेले बताए ।

२०७४ सालमा स्थापना भएको माया घरमा अहिले मानसिक रोगी, अलपत्र परेका ,सुत्केरी, जेष्ठ नागरिक, लगायतका बालवालिकाहरु माया घर नेपालले साहारामा आश्रित छन् । यो बेलामा समस्या भएको माया घरकी अध्यक्ष राधिका दासी ले भनिन् थप राहतको सहयोगका लागि इच्छुकहरूलाई अनुरोध छ ।