पथरी : कानेपोखरी ६ बस्ने खड्ग बहादुर महतको परिवारलाई सरकारले लगाएको लकडाउनले ठुलो पिडा थपेको छ । दैनिक ज्यालादारीबाट परिवारको हात मुख जोड्दै आएका महत परिवार चार दिन देखी काममा जान पाएका छैनन् ।

करोना सङ्क्रमण नफैलियोस् भनेर सरकारले दिएको आदेश त महत परिवारले मानिरहेको छ तर भोलिको खाने कुराको जोहो कसरी गर्ने भन्ने चिन्ता उत्तिकै थियो ।

तर नेपाली काँग्रेस कानेपोखरीले एक हप्ता पुग्ने खाद्यान्न सामाग्री वितरण गरेपछि भने महत परिवारको समस्या केही दिन पर सरेको छ ।

छोरोको मृत्युले पिडा व्योहोरीरहेका कानेपोखरी ६ कै दिल बहादुर माझी पनि दैनिक रोजगारी गरेरै जिविको पार्जन गर्दै आएका थिए । छोराको मृत्युले आहत वनेका उनको परिवारलाई लक डाउनले थप पिडा थपेको थियो ।

Kanepokhari

उनको परिवारलाई पनि कानेपोखरी काँग्रेसले राहत स्वरूप सामाग्री प्रदान गरेको छ । नेपाली काँग्रेसका स्थानीय नेता जयराज संयोगका अनुसार कानेपोखरी ४ र ६ का १५ गरिब परिवारलाई राहत वितरण गरेको हो । बिहीबार र शुक्रवार काँग्रेस कानेपोखरीले यसरी राहत वितरण गरेको हो ।

करोना सङ्क्रमण का कारण देश लक डाउन हुँदा दैनिक काम गरेर बेलुका चामल किनेर खाने अत्यन्तै विपन्न परिवारको चुल्होमा आगो बल्न छोडेको छ । त्यही अति विपन्न परिवारको तथ्याङ्क लिएर काँग्रेसले आपत्कालीन राहत वितरण थालेको छ ।

नेता संयोगका अनुसार कम्तीमा भोकै बस्नु नपरोस् भनेर २५ किलो चामल र १ किलो नुन वितरण गरिएको हो ।

रमाइलो बजारमा होटेलमा मजदुरी गर्ने प्रमीला चौधरीले राहत लिँदै भनिन् ‘सङ्कटमा सहयोग भयो खुसी लागेको छ’ ।

ट्याकटरमा सहचालक काम गर्दै आएका लीला चिमोरीयाको पनि लकडाउन पछि व्यवसाय ठप्प भएको छ । उनी काममा जान छोडे सँगै परिवारलाई के खुवाउने भन्ने समस्याले गाजेको थियो ।

चिमोरीया जस्तै कानेपोखरी ६ का फूलमाया दर्जी,बलबहादुर दर्जी,सुरेश माझी, धनमाया तामाङ,फूलमाया राई ,होमबहादुर विश्वकर्मा, कुमारी भुजेल , देवीसरा गुरुङलाई राहत वितरण गरिएको छ । यसै गरी कानेपोखरी –४की राजकुमारी राई,चेतनाथ पुरी,एसकुमार पुलामी र रामबहादुर थापालाई राहत वितरण गरिएको छ ।

काँग्रेस कार्यकर्ताबाट स्वतःस्फूर्त रूपमा सङ्कलन भएको रकमबाट चामल र नुन खरिद गरिएको हो ।