प्रकाशपुर : कोरोना भाइरसको महामारी नियन्त्रणको गर्न सरकारले यति बेला ७ दिनको लकडाउनमा देश चलिरहेको छ ।

सङ्क्रमणको पहिचान गर्न थप समय लाग्ने भएकाले लकडाउन अझै २१ दिन सम्म पुग्न सक्ने सरकारले बताइरहेको छ ।

लकडाउनको यो अवस्थामा देशका प्राय मानिसहरू घर भित्र अर्थात् होम क्वारेन्टाइनमा छन् । देशै अहिले घर भित्र होम क्वारेन्टाइनमा भएको बेला गाउँका किसानहरू भने आफ्नै कर्ममा व्यस्त छन् ।

सहरमा खाद्यान्न अभाव हुन थालेको छ । गाउँका जनता त्यसलाई नै केहिहद सम्म टार्नका लागि खेतमा काम गरिरहेका छन् ।

कोही मकै गोड्दै छन् । कोही मकैमा पानी लगाइरहेका छन् भने कतिपय किसानहरू फलिसकेका दलहन बालीहरू सिमी, मुङ दाल र गंहु लगायतका बाली भित्र्याउन व्यस्त छन् ।

सरकारको आग्रह मानेर सहर यति बेला ‘होम क्वारेन्टाइनमा’ छ । तर गाउँको स्थिति अलि फरक छ । अर्थात् गाउँका जनता यति बेला ‘होम क्वारेन्टाइनको’ सट्टा ‘खेत क्वारेन्टाइनमा’ व्यस्त छन् ।

परिवारका सदस्यहरू नै खेतमा पसेर काम गर्ने गर्दछन् । कोही मकै जोत्दै छन् । कोही परिवार सूर्यमुखी फुल गोडमेल गर्दै छन् ।

गाउँमा बस्ने प्रायको पेसा कृषि हो त्यसैले घरमै खाद्यान्न सामग्री भएकाले हुनाले लकडाउनको असर पनि त्यत्ति छैन ।

village lock down 5

village lock down 1

village lock down 4

village lock down 2

village lock down 3

शब्द/तस्बिर : कृष्ण बहाब भट्टराई