धरान : इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेल र माहासचिव पिताम्बर पोखरेलले सुनसरी जिल्लाका प्रहरीलाई एक हजार मास्क र हेण्ड सेनिटाईजर प्रदान गरेका छन ।

लकडाउनको बेलामा प्रहरी पोशाकमा नेपाल प्रहरी देश र जनताका लागि दिन रात खटिरहेका हुन्छन् । यसरी दिन रात नभनी खटने प्रहरीलाई कोरोनाको जोखिम भएको भन्दै मास्क र हेण्ड सेनिटाईजर प्रदान गरिएको हो । इटहरि उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेलले प्रहरीलाई कोरोनाको जोखिमवाट जोगाउन आफ्नै खर्चमा मास्क र हेण्ड सेनिटाईजर प्रदान गरेको बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले प्राप्त मास्क र हेण्ड सेनिटाईजर सन्तुलित ढङगले सवैलाई वितरण गरिने बताए । सडकमा आएका सुरक्षाकर्मीले पनि मास्क र पन्जा पर्याप्त नभएको तर “मुस्कान सहितको सेवा“ मा निरन्तर खटेको पोखरेलको भनाइ छ । संक्रमणको जोखीम रहेको छ पोखरेलले भने ‘ नागरीकको सुरक्षामा खटिएका प्रहरीको सुरक्षाका लागी सम्वधित निकायले सोच्नु पर्ने बेला आएको छ  ।