धरान : ताप्लेजुङ र उदयपुरमा लडेर २ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ का ५२ बर्षीय मिन बहादुर लाबुङ लिम्बुको घर नजिकै रहेको कुटमिरोको रुखबाट लडेर मृत्यु भएको हो भने उदयपुरको उदयपुरगढी गाउँपालिका-५ का कृष्ण बहादुर राईको घरबाट लडेर मृत्यु भएको हो ।

शनिवार बेलुका ६ बजेको समयमा घर नजिकै रहेको कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाईते भएका लाबुङलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यसैगरी उदयपुरका राई भने छिमेकी खेम बहादुर भुजेलको बनाउँदै गरेको घर हेर्न भनी गएकोमा सोही घरबाट लडेर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा राती साँढे ९ बजे मृत्यु भएको हो ।