उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिका-१ कान्छी चौक बस्ने ४२ बर्षीय कमल प्रसाद प्रधानको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे २ बजे प्रधानले आफ्नै घरमा मोटरको तार जोड्ने क्रममा एक्कासी करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएकाे छ ।