धरान : धरानको मितेरी बैंकले प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोषमा पाँच लाख रुपैया सहयोग गरेको छ ।

विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिरहेको (कोभिड १९) कोरोना भाइरसको नियन्त्रणका लागि स्थापना भएको सो कोषमा ५ लाख रुपैया सहयोग गरेको मितेरी बैंक धरानका प्रमुख कार्यकारी  अधिकृत तुलसीप्रसाद वस्तीले बताए । मुख्यमन्त्री शेरधन राईलाई बैंकका अध्यक्ष किशन मास्केले पाँचलाख रूपैँयाकाे चेक हस्तान्तरण गरेकाे हुन ।

यसैगरी मितेरी बैंकले लकडाउनको बेलामा पनि कोरोना भाइरस संक्रमण नहोस भन्दै विषेश सावधानी अपनाउदै एक नम्वर प्रदेशका १८ वटै शाखाहरुबाट जनतालाई सेवा प्रवाह गरीरहेको छ ।

हरेक दिन ११ बजे देखि दिउसो १ बजे सम्म बैंक सुचारु गरेर उपभोक्ताहरुलाई सेवा दिईरहेको प्रमुख बस्तीले बताए । उनका अनुसार मितेरी बैंकको शाखा कार्यालयहरुमा बैंक प्रबेश गर्नु पुर्व हात धुने व्यावस्थाका साथै हेण्ड सेनिटाईजर लगाउन अनिवार्य गरिएको छ ।