इटहरी : गण्डकी प्रदेशमा कोराना भाइरसको प्रगोगशाला स्थापना भएपछि प्रदेशको ल्याबले सातौ कोरोना पोजेटिभ देखियो बताएको थियो ।

गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयको आधिकारिक बेवसाइटमा कुल संक्रमितको संख्या ७ भनेर अपडेट गरेको थियो ।

प्रदेश सरकारको आधिकारीक वेबसाइट कै आधारमा आधारमा मिडियाहरुले पोजेटिभ रिपोर्ट आएको समाचार बनाएका थिए ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पार्यो । स्वास्थ्य मन्त्रालयले बेलुका ४ बजे गरेको पत्रकार सम्मेलनमा आजका मितिसम्म पोजेटिभ रिपोर्ट नभेटिएको भन्दै मेसिनहरुको भ्यालिडेसनको कुरोसमेत उठायो ।

पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरा पनि देवकोटाले उठाए । कुनै केस शंकास्पद भयो भने त्यहाँ फेरि दोहोर्‍याएर हेर्ने गरिएको उनले बताए ।