सुनसरी : सुनसरी बराहक्षेत्र-२ पुतली चौकका ३२ बर्षीय हरी थापाको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ ।

चैत्र-२२शुक्रवार साँझ पौने ७ बजे पुतली चौक स्थित भित्रि सडकखण्डमा को २ त १८३६ नम्बरको ट्याक्टर आँफै अन्यन्त्रित भई पल्टदा सोही ट्याक्टरले किची चालकका छिमेकी थापाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

ट्याक्टर चालक ४३ बर्षीय टंक निरौला घाईते अबस्थामा  वीपी कोईराला स्वाथ्य बिज्ञान प्रतिष्ठान  धरानमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।