चतरा : बराहक्षेत्र नगरमा विपन्न तथा लक डाउनबाट प्रभाबित मजदुरहरुलाई राहत प्रदान गर्न नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ५१ हजार रुपैंया सहयोग प्रदान गरेको छ ।

उक्त रकम बरबरको चेक शुक्रवार सहकारीकी अध्यक्ष सीता भण्डारी (पौडेल)ले नगर प्रमुख निलम खनाललाई हस्तान्तरण गरिन। चेक हस्तान्तरण पछि बोल्दै अध्यक्ष भण्डारीले आहातमा परेका नगरवासीलाइ थौरै भए पनि राहत मिलोस भनेर नगरपालिकाले स्थापना गरेको बिपत् कोषमा सहकारी संस्थाको सन्चालक समितिको निर्णय बमोजिम सहयोग उपलब्ध गराएको बताइन ।

कोषमा चतरा स्थिति औलिया बाबा बचत तथा ऋण सहकारीले १० हजार १ सय ११ रुपैयाँ , मदन भण्डारी फाउण्डेशन वराहक्षेत्रबाट १ लाख ५ रुपैँया, वराहक्षेत्र ८ स्थित गरिमा काष्ठ तथा फर्निचर उद्योगबाट ५ हजार जम्मा गरिसकेका छन्  भने शुक्रवारनै वराहक्षेत्र ५ स्थित बिनायक कृषि सहकारी संस्थाले कोषमा ११ हजार प्रदान गरेको सहकारीका व्यस्थापक अर्जुन भट्टराईले जानकारी दिए ।