धरान : कोरोना भाइसरको जोखिमका कारण अहिले स्वास्थ्य संस्थाहरुले सेवा दिईरहेका छैनन् ।
कोरोना को सक्रमणको जोखिम हुन नदिन का लागि अस्पताल हरुले पनि अति आवस्यक सेवा बाहेक का सेवा हरु बन्द गरेका हुन् । तर यस्तो अवस्थामा पनि ६० जना चिकित्सकहरु हटलाईन मार्फत र सम्भव भएका ठाउँहरुमा घरै पुगेर पनि उपचार सेवा दिईरहेका छन् ।

लकडाउनको बेलामा प्रदेश नम्वर १ भित्रका चिकित्सकहरु सम्मिलित हातेमालो फाउन्डेसनकोे घरदैलो सेवाले दिर्घरोगी हरु लाई ठुलैै राहत मिलेको छ ।
धरान स्थित बिपि कोइराला स्वास्थ्य प्रतिस्ठान, र एक नम्वर प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुको साझा संगठन हो, हातेमालो फाउन्डेसन ।

अहिले कोरोना भाइरस को जोखिमको समय मा पनि घर घरमै पुगेर सेवा दिइरहेका छन् । अस्पतालहरु ले अति आवश्यक सेवा बाहेक का सेवा हरु बन्द गरे पछि फाउन्डेसन ले बिरामी लाई हट्लाइन मार्फत परामर्श दिने सहित घर मै पुगेर निशुल्क बिरामी चेकजाँच समेत गर्ने गरेको छ । अहिले सम्म फाउण्डेशनमा आवद्ध चिकित्सकहरुले १ सय ५१ जनालाई स्वास्थ्य परामर्श दिनुका साथै ३५ जनाको घरैमा पुगेर सेवा दिएको फाउण्डेशनका सहप्रवक्ता प्रविद गजुरेलले बताए ।

Hatemalo Hot Line
हातेमालो फाउण्डेसनको हटलाईन फोन नम्बरहरु

फाउन्डेसन ले १० बिभागिय सेवाका लागि हटलाइन नम्बर पनि सार्बजनिक गरेको छ । विभिन्न प्रकार को उपचार का लागि ५० जना चिकित्सक हरु परिचालन गरेको छ । फाउण्डेशनले मेडिसिन विभाग, गाईनो विभाग, बाल रोग विभाग, छाला रोग विभाग, नाक कान घाटी विभाग, आँखा रोग विभाग, मानसिक रोग विभाग, डेन्टल विभाग, हाडजोर्नि विभाग भनेर सम्वन्धीत चिकित्सकले हटलाईन मार्फत स्वास्थ्य परामर्श दिने गरेको सहप्रवक्ता प्रविद गजुरेलले जानकारी दिए ।

उनका अनुसार हातेमालो फाउण्डेशनमा रहेका चिकित्सक हरुमा ७० प्रतिशत धरानका छन् भने बाँकी ३० प्रतिशत धरान बाहिरका छन् । लकडाउनको बेला मुलुक विषम् परिस्थितिमा गुज्रीरहेको बेलामा भनेकोबेलामा सर्वसाधरणले उपचार नपाईरहेको बेला हातेमालो फाउण्डेशनमा आबद्ध चिकित्सकहरुको यो कार्य प्रशंसानिय रहेको छ । फाउण्डेशनको स्थापना एक वर्ष अघि घएको हो भने यसले पुर्वका विभिन्न स्थानमा स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कार्यक्रमसंगै सामाजिक कार्यहरु गर्दे आईरहेको छ ।