धरान : धरानमा उपमहानगरपालिकाले लकडाउनमा प्रभावितलाई वितरण गर्न स्थापना गरेको फुड बैंकमा नेकपा धरानले २५ सय केजी चामल सहयोग गरेको छ ।

उपमहानगरले राहत वितरणमा एकद्वारनीति लिएसँगै स्थापना भएको फुड बैंकमा नेकपाको तर्फबाट सङ्घीय सांसद जयकुमार राईले २५ सय केजी चामल र २ बोरा न्युटेला फुड बैङ्कमा सहयोग गरेका हुन् ।

शनिवार धरान सभागृहमा उपमहानगरपालिकाको फुड बैंकको भण्डारणमा नेकपा नेतृत्वले खाद्यान्न हस्तान्तरण गरेको हो ।

नगर प्रमुख तिलक राईले नेपाल कम्युनिस्ट पार्टीलाई धन्यवाद दिए । राईले अन्य संघसंस्थाहरुलाई पनि फुडबैंकमा खाद्यान्न सहयोग गर्न अनुरोध गरेका छन् ।