धरान : धरानमा दाल, चामल, तेलको चरम अभाव भएको भनिरहदा सुनसरी उद्योग बाणिज्य संघले बाहिरबाट आयात नभए पनि धरानलाई तिन महिनासम्म पुग्ने चामल र नुनले  रहेकाे बताएको छ ।

सुनसरी उद्योग बाणिज्य संघका  अध्यक्ष गिरिधारी सापकोटाका अनुसार अहिले धरानकाे हाल्ला जस्तो बजारमा दाल, चामल र तेलको अभाव छैन । स्वभाविकरुपमा ठुलो मात्रमा खरिद गर्दा त्यो परिमाणमा चामल एउटै गोदामबाट नपाउनुलाई चामल अभाव भन्न नमिल्ने उनले बताए ।

धरानका विभिन्न ठाउँमा संचालन भएका चामल डिलरहरुमा अहिले पनि पर्याप्त मात्रामा चामल रहेकाे  बताउदै अध्यक्ष सापकोटाले भने “दाल बजारमा पुरै अभाव नभएकाे तर लकडाउन अवधीभर थोरै परिणामा पाईन्छ ।’’ यसो हुनको मुख्य कारण अहिले दालको सिजन हो । दाल तयारी गरेर बजारमा ल्याउने समय भएकोले स्वभाविक रुपमा दाल बजारमा कम पाईएको हो ।

सुनसरी उद्योग बाणिज्य संघका बाणिज्य सचिब सिताराम आचार्यका अनुसार धरानमा कम मुल्यको चामल कम मात्रै बजारमा पाउनुको मुख्य कारण राहतमा त्यही चामल धेरै किनिएकोले हो । तर पानमारा मनसुली, जीरामसिना चामलले धरान बाहिरबाट आयत नगरे पनि तीन महिना धरानमा अभाव नहुने उनले दावी गरे ।धरानमा चामल अभाव अझै दुई तीन महिना नहुने उनले बताए ।

बजारको अनुगमनको क्रममा आईतबार विहान मात्रै धरान १६ मा प्रर्याप्त नुन भेटिएकोले धरानका अरु ठाउँमा पनि नुन प्रर्याप्त भएकाले नुनमा अभाव नहुने उनको दावी छ । दाल बजारमा निस्किने बेलामा लकडाउन भएकोले दाल अभाव जस्ताे देखिनु स्वभाविक भएको बाणिज्य सचिव आचार्यले बताए ।

धरानमा यस्तै अवस्था रहिरहे पनि ३ महिना खाद्यन्न संकट नहुने धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारीले बताइन । धरानमा कम मुल्यको चामल कम छ । मुसुरोका दाल पनि कम छ । खानेतेल भने ठुलो मात्रमा नपाईएको बताउदै उनले धरानमा खाद्यन्न अभाव हुन नदिन खाद्य संस्थान, आपुर्ति मन्त्रालय र साल्ट ट्रेडिङसंग समन्वय गरिरहेको बताइन ।

यता धरान १४ निबासी प्रेम पराजुली भने धरानमा तरकारीजन्य बस्तुुमा सहजता गरिएझै खाद्यन्नमा पनि बेलैमा सहजता ल्याउनुपर्ने बताउदै आएका छन् । उनी भन्छन् “प्रदेश सरकार, स्थानिय सरकारले बेलैमा खाद्यन्नमा सहजता ल्याउन पहल गर्नुपर्छ ।’’ यदी यसो भएन भने भोली ठुलो समस्या आउन सक्नेछ ।