उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-१३ कि ३० बर्षीया जानकी देवी चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

आइतबार बिहान साँढे ७ बजे घर नजिकै माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर घाईते भएकी चौधरीको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा साँढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।