तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिका-४ फाक्चामारामा सुर्य बहादुर लिम्बुको घरमा आगलागी हुँदा १५ ‍लाख बराबरको क्षति भएको छ ।

चैत्र २३ गते बिहान ८ बजेको समयमा लिम्बुको ढुङगा माटोले बनेको २ तले घर २ वटा र गाईगोठमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा घर सहित घरमा भएको सम्पुर्ण काठपात, खाद्यान्न, लत्ताकपडा समेत जलेर नष्ट भएको हो ।

उक्त आगलागीमा लिम्बुको गोठमा रहेका १० वटा बाख्रा र १ वटा सुँगुर समेत जलेर मरेका छन् ।
उक्त आगलागी प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा साँढे १० बजे नियन्त्रणमा आएको थियो भने मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।