धरान : उद्योग वाणिज्य सङ्घ झुम्काले शनिवारबाट झुम्का बजारमा घुम्ती पसल सञ्चालन गरेको छ । सङ्घले कोरोना सङ्क्रमणका कारण लकडाउनको बेला उपभोक्ताहरूको सहजताको लागि गाडीमा समान राखेर घुम्ती पसल सञ्चालनमा ल्याएको हो ।

लकडाउनको बेला केही व्यापारीहरूले कालोबजारी गरेको भन्दै उद्योग वाणिज्य सङ्घले आफै सामान बिक्री गर्न थालेको हो ।

'स्थानीय वासिन्दा महङ्गिको चपेटा परेकाले सुपथ मूल्यमा खाद्यान्न सामाग्री उपलब्ध गराउन थालेको सङ्घका अध्यक्ष धर्मेन्द्र शर्माले बताए।

घुम्ती पसल बिहान आठ बजेदेखि राति सात बजे सम्म सञ्चालन हुने गरेको छ । घुम्ती पसलमा आलु,चामल,नुन,प्याज,दाल गरी छ प्रकारका आवश्यक सामग्री उपलब्ध छ ।