धरान : धरान उपमहानगरपालिकामा आईतबारदेखि  खानेपानीको समस्या भएको वडाहरुमा ट्यांकरबाट खानेपानी बितरण गर्न थालेको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईको पहलमा धरान खानेपानी व्यावस्थापन बोर्ड र नेपाल खानेपानी संस्थानको सहकार्यमा आईतबार धरानका विभिन्न वडाहरुको ९ स्थानमा ट्रयांकरबाट खानेपानी वितरण गरिएको धरान खानेपानी ब्यावस्थापन बोर्डका सदस्य श्याम पोख्रेलले जानकारी दिए ।

उनका अनुसार धरान उपमहानगरपालिकाले एउटा खानेपानीको ट्रयांकरनै भाडामा लिएर लकडाउनको बेलामा खानेपानीमा सहजता होस भनेर वितरण थालिएको हो । हरेक बर्ष सुख्खायाममा खानेपानीको धरानमा चरम अभाव हुने भएकोले धरान नजिकैको चारकोशे जंगलबाट जमिनमुनिको पानी निकालेर धरानमा खानेपानी वितरण गर्ने योजना रहे पनि अहिले सम्म खानेपानी संस्थानले धरान खानेपानी ब्यावस्थापन बोर्डमा हस्तान्तरण नगरेकोले धरानमा अझै खानेपानीमा सहजता नआएको बताईएको छ ।

लकडाउन अवधिभर धरानका विभिन्न वडाहरुमा जहा खानेपानीको समस्या हुन्छ त्यहा ट्यांकरबाटै भए पनि खानेपानी नगरबासीलाई वितरण गर्ने धरान उपमहानगरको लक्ष रहेको  मेयर तिलक राईले बताए । आईतबार मात्रै ६ हजार लिटरको ट्यांकरमा ९ स्थानमा ५४ हजार लिटर पानी सर्वसाधरणलाई वितरण गरिएको बताईएको छ ।