इटहरी : सामान्यता हाजिरी जवाफ प्रतियोगिता भन्दा विद्यार्थीहरुको सहभागितामा गरिने प्रश्न उत्तरलाई वुझ्ने गरिन्छ तर सुनसरीको इटहरीमा जेष्ठ नागरिकहरु हाजिरी जवाफ प्रतियोगिताका सहभागीका रुपमा जवाफ दिइ रहेका थिए ।
जेष्ठ नागरिकहरुलाई हाजिरी जवाफ प्रतियोगितामा सहभागी हुने अवसर इटहरी जेसिजले जुराएको थियो । समयसमयमा जेष्ठ नागरिकहरुलाई सम्मानका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको जेसिजले यस पटक जेष्ठ नागरिकहरुलाई प्रतियोगी वनाइ हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको अध्यक्ष सोमनाथ गौतमले जानकारी दिए ।
इटहरी उपमहानगरपालिका हातामा रहेको वृद्ध चौतारीमा आयोजित हाजिरी जवाफ कार्यक्रममा समुह विभाजन नगरी पहिलो हात उठाउने र नदोहोरिने गरी जवाफ दिने व्यवस्था मिलाइएको थियो । जेष्ठ नागरिक हाजिरी प्रतियोगिताका लागि ६० वटा धार्मिक प्रश्न तयार पारिएको र सही जवाफ दिने जेष्ठ नागरिकलाई प्रति प्रश्न ५० रुपंैया पुरस्कारको व्यवस्था समेत जेसिजले गरेको थियो । जेष्ठ नागरिकहरु विचको प्रतिस्र्पधात्मक हाजिरी जवाफ प्रतियोगिता जेष्ठ नागरिकहरुको सम्मानका साथ नयाँ पुस्तालाई धर्म संस्कृतिका विषयमा जानकारी गराउन महत्वपुर्ण हुने सामाजिक अभियान्ता हिरा आचार्यले वताएका छन । जेष्ठ नागरिकहरुका लागि आयोजित हाजिरी जवाफ प्रतियोगिता हेर्न विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तीहरुको समेत उल्लेखिय उपस्थीती रहेको थियो । इटहरी उपमहानगरपालिका वडा नम्वर ६का वडाध्यक्ष दिपक गौतमको प्रमुख आतिथित्यतामा सम्पन्न कार्यक्रममा हिन्दु धर्मगुरु दिनवन्दु शास्त्री , ाजेश श्रेष्ठ, गोकुल थापा, दुर्गा पौड्याल लगायतका अतिथीहरु रहेका थिए । जेसिज सप्ताह अन्तर्गत सञ्चालित जेष्ठ नागरिक हाजिरी जवाफ प्रतियोगिताको संयोजक लोकनाथ भण्डारी रहेका थिए ।
जिउदो इतिहासका रुपमा रहेका जेष्ठ नागरिकलाई सम्मान गर्दै इटहरी उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुका लागि समय कटाउदै भजनर्कितन र भलाकुसारीका लागि वृद्ध चौतारीका नाममा वस्ने व्यवस्था मिलाइ दिएको छ । पहिले देखिका आफ्ना दौतरीहरुसंग वसेर भजनर्कितन भालाकुसारी र दःुख सुःखका कुरा गर्ने साझा चौतारीका रुपमा वृद्ध चौतारी रहेको छ ।