इटहरी : सडकलाई फराकिलो र व्यवस्थित बनाउने निर्णय गर्दै इटहरी उपमहानगरपालिकाले सडक सुधारको नाममा इटहरी क्षेत्रमा रहेका ४१ वटा रूखहरू काटेको थियो । तर, समस्या भने ज्युको त्यु छ ।
सडक विस्तारको नाममा रुख काटिए पनि सुधार नभएको भन्दै व्यापारी ब्यावसायीहरू भने आक्रोसित छन् । अधिकांस सडकका क्षेत्रहरू ब्यापारी ब्यवसायीहरूले अतिक्रमण गरेको भन्दै त्यसलाई फराकिलो बनाउन ४ वटा स्काभेटर प्रयोग गरी सडकको दाया र बायाँ क्षेत्रका ४१ रूखहरू काटिएको थियो । त्यसबेला रूख काटिएको बिषयले सामाजिक सञ्चालमा चर्चाको बिषय बनेको थयो भने आलोचना पनि भएको थियो ।
इटहरीबासीले विना कारण सडक सुधारको नाममा रूखहरू काटिएको बिषयलाई लिएर जनप्रतिनिधिहरूको कार्यशैलीप्रति विरोध जनाएका थिए । अहिले सडक सुधार नहुदा अब्यवस्थितरुपमा सफारी र टेम्पो पार्किङले सडक अस्तब्यस्त बनेको छ । सार्वजनिक सडक कब्जा गरेको भनिएका ब्यवसायीहरूलाई आफ्नो सामान सडकबाट हटाउन लगाएर फराकिलो बनाउने कार्य भएको थियो ।

इटहरी उपमहानगरले २ महिनाअघि मुख्य चौक, पूर्वमा बुढीखोला छेउ, पश्चिममा ट्राफिक प्रहरी कार्यालय, उत्तरमा सेनाको ब्यारेक र दक्षिणमा इटहरी बैङक्विटसम्म सडक सुधार भन्दै रुखहरु हटाएको थियो । सडक क्षेत्र फराकिलो बनाइए पनि सडकको अवस्थाबारे ध्यान दिइएको छैन । सडकमा अब्यवस्थित टेम्पु र सफारी पार्किङ गरिएको छ, जसले गर्दा पैदल यात्रीहरू पनि मर्कामा छन् ।

बाटो बढाउने भन्दै रूखहरू हटाए पनि अहिले सडकमा टेम्पो र सफारी पार्किङले झनै अव्यवस्थित बनेको भन्दै इटहरी जुट बिकासमा किराना पसल सञ्चालन गरिरहेका रमेस क्षेत्री गुनासो पोख्छन् । पूर्व लाइनस्थित एक होटल सञ्चालिका मनिषा राई पनि सडक सुधारको नाममा आफुहरूलाई दैनिक धुवा र धुलोले अक्रान्त बनाएको बताउँछिन् । उपमहानगरका मेयर द्वारिकलाल चौधरी विगतमा भन्दा अहिले इटहरी ब्यवस्थित हुदै गएको र सडक सुधारका कामहरू अझै बाँकी रहेकोले केही समय धैर्य गर्न आग्रह गर्छन् ।