विर्तामोड: अर्जुनधारा नगरपालिकाकामा नगरका ४ सय ९२ योजना मध्ये ५९ वटा सम्पन्न भई सकेको छ । यस्तै, कुल ६० करोड ८१ लाख ७ हजार ३ सय ७१ बजेट विकासका लागि विनियोजन भएकोमा अहिलेसम्म १९ करोड ५२ लाख ५ हजार रुपैंया खर्च भइसकेको पनि नगरले जनाएको छ ।
वडा–१ मा रहेको हलुवागढ कालीखोला सिमसार क्षेत्रमा नगरपालिकाको मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत पकज भूर्तेलले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार ५५ वटा नगरस्तरीय योजना छन् भने ४ सय ३७ वटा वडास्तरीय योजना छन् । जसमा २ सय ८ वटाको सम्झौंता भई निर्माण काम भैइरहेको छ । भुर्तेलले भने,'ऐन नियम कार्यविधिहरु धमाधम निर्माण भइरहेको छ, जसमध्ये १६ वटा निर्माण भई स्विकृत भैइसकेको छ ।’
नगरका सबै सडकहरुको राइट अफ वे निर्धारण गरिएकाले शहरी विकास मन्त्रालयसँगको सहकार्यमा नगरपालिकाको एकिकृत शहरी विकास योजना तयार भई अन्तिम चरणमा पुगेको उनले दाबी गरेका छन् । भूर्तेलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शनिश्चरे बजारलाई केन्द्र मानेर बाहिरी तथा भित्री चक्रपथको अवधारणा अनुरुप कार्यारम्भ गरिएको छ । यस्तै, न्यायिक समितिमा ८२ वटा मुद्दा किनारा लागेको छ भने शैक्षिक घोषणापत्र २०७५ अनुसार शिक्षा विकासका नीतिहरु अघि बढेको उल्लेख गरिएको छ ।
त्यस्तै वडा–२ लाई पशु पकेट, वडा–८ लाई कृषि पकेट गरी प्रवद्र्धनात्मक कार्यहरु सुरु गरिएको उल्लेख छ । त्यसमा पशुपंक्षी विकासका लागि आवश्यक तथ्याङ्क संकलनको कार्य सम्पन्न भैइसकेको जनाइएको छ । कृषिक्षेत्रलाई मानव स्वास्थ्य प्रतिकृल विषादिरहित बनाउन विभिन्न प्रवद्धनात्मक कार्यहरु संचालन गरी जैविक मल बनाउने तालिम सहित आवश्यक सामाग्रीहरु वितरण गरिसकेको पनि नगरले जनाएको छ । एक सय ५ जना ज्येष्ठ नागरिकहरुलाई विभिन्न रोगहरुको विषयमा सचेतना गोष्ठि त्यस मध्ये ३३ जना ज्येष्ठ नागरिक र ३ सय ५० जनालाई गरीब लक्षित कमल वितरण गरिएको उल्लेख छ ।

यसैगरी, अपाङता परिचयपत्र वितरणका लागि कार्यविधि स्विकृत भैइसकेको अर्जुनधारा नगरमा अहिलेसम्म ७ सय ९५ जना महिला र ९ सय ९७ जना पुरुषलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिसकेका उनको प्रतिवेदनमा उल्लेख गरिएको छ । ४२ जना महिलालाई ३ महिने सिलाई कटाई तालिम, धुम्रपान, मद्यपान तथा ड्रक्सको कार्यक्रम विद्यालय र वडास्तरहरुमा प्रवद्धनात्मक कार्यहरु संचालन सम्पन्न भई समुदाय प्रहरी गठन भएको बताएका छन् ।
नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउर्दै मोबाइल एप्स सँचालनसँगै मालपोत संकलन अनलाइन गरिएको र क्रमश विलिङ्गलाई प्रविधिमैत्री गरीने लक्ष्य रहेको उनले बताए । त्यसमा नगरपालिका र वडाकार्यालयहरु बिचको सुचना आदानप्रदान पेपर आधार विधि क्रमिक बन्द गर्दै इमेल मार्फत सूचना आदान प्रदानको कार्य अगाडि बढाइरहेको पनि नगरपालिकाको भनाई छ । वडा ३,७ र ८ आफ्नै भवनबाट संचालित र अन्य वडाहरुका लागि जग्गादाताहरुबाट जग्गा प्राप्त भएको भूर्तेलले बताएका छन् । साविक खुदुनाबारी गाविसमा समेत बैङ्किङ प्रणालीबाट वितरण गर्न एनआइसी एशिया बैकसँग सम्झौता भइसकेको उनले जानकारी दिए ।
नगर प्रमुख हरिकुमार रानाले शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र(पिएसी)मा २४ घण्टे सेवा सुरु गरेपछि बिरामीको चाप वृद्धि भएकाले मेडिकलको अभिरुचि राखेर आउने जनताको सेवामा निरन्तर खट्न निर्देशन गरेका छन् । जनताको समस्यालाई मध्यनजर गरी सेवा चुस्त, छिट्टै र सहज बनाउन सम्बन्धित विषय विज्ञ डाक्टर राखेँर अगाडि बढ्ने योजना रहेको हुनाले नगरले लिएको नीतिमा साथ सहयोगको अपेक्षा उनले गरेँ । कार्यपालिकामा लिपिबद्ध भएको प्रतिवेदन काम गर्दै जाने क्रममा सजिलो अप्ठयारो भएमा नीति बिधि बनाएर अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
अर्जुनधारा शैक्षिक घोषणापत्र २०७५ जारी भएअनुसार शिक्षाका नीतिहरु अघि बढेको बताउँर्दै त्यसलाई कार्यान्वयन गरेर लैजानसबै तह–तप्काबाट सहयोगको अपेक्षा गरे । पूर्वाधार कामका लागि जिल्ला दररेट चैत्र मसान्त सम्म कार्य सम्पादन गर्ने उनले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश सासद बृख प्रधानले नगर लिएको योजनालाई प्रशंशा गर्दै जनप्रतिनिधि, सरोकारवाला, सम्बन्धित पक्ष, प्राविधिक र आम नागरिकले सहभागितामूलक ढङ्गले अगाडि बढेमा कार्यान्वयनमा कुनै समस्या नहुने बताए ।






































































