धरान: तामाङ जातिको नयाँ बर्ष सोनाम ल्होछार २८५५ (फाग ल्हो सा खाम)को अवसरमा मंगलबार धरान शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ नगर समितिद्धारा शुभकामना आदनप्रदान आयोजना गरेको हो । घेदुङ नगरका अध्यक्ष प्रेम वाइवाको अध्यक्षताम भएको शुभकामना आदनप्रदान कार्यक्रममा धरान उपमहागनरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी प्रमुख अतिथि थिइन् । समारोहमा प्रमुख अतिथि भण्डारी, बिशिष्टअतिथिहरु घेदुङ केन्द्रिय सदस्य मैतबहादुर गोले, केन्द्रिय सल्लाहकार सुजेन्द्र गोले तामाङ, प्रदेश उपाध्यक्ष रामबहादुर ग्याबा, जिल्ला अध्यक्ष सुरज लामा, जिल्ला महिला अध्यक्ष विष्णु मोक्तान,आदिबासी जनजाति महासंघ नगर अध्यक्ष सुवास हुक्पा चोङवाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

_DSC0032

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भण्डारीले पञ्चबत्ति बालेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा शुभकामना आदनप्रदान, साँस्कृतिक प्रस्तुती, प्रसाद ग्रहणसँगै अग्रज तामाङ व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । तामाङ वक्ताहरुले ल्होछार नेपालमा मात्र नभै विश्वका विभिन्न देशमा पनि मनाइने अन्र्तराष्ट्रिय पर्व भएपनि नेपाल सरकारले विदा नदिएर भेदभाव गरेको बताएका थिए । कार्यक्रम अघि धरानमा वृहत र्याली पनि निकालिएको थियो । कार्यक्रममा सहभागीहरु आफ्नो मौलिक पहिरनमा सहभागी भएका थिए ।

_DSC0177 _DSC0179 _DSC0215-03 _DSC0129 _DSC0141