धरान : बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार बिहान ५ः२० बजे गोवास्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनलाइ उपचारकालागी लगिएकाे मणिपाल अस्पतालका ओन्कोलोजी विभाग प्रमुख डा. शेखर सालकरका अनुसार नाना पाटेकरलाई गम्भीर कार्डियाक अरेस्ट भएपछि उपचारका लागि प्रयास गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ।
उनलाई करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिइए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ। घटनालाई मेडिको–लिगल केसका रूपमा दर्ता गरिएको र पोस्टमार्टम गरिने बताइएको छ।
नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रका प्रभावशाली कलाकारका रूपमा परिचित थिए। आफ्नो सशक्त अभिनय र दमदार संवाद शैलीका कारण उनले भारतीय चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएका थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ लगायतका चलचित्रमा उनको अभिनय चर्चित छ।
पाटेकरले चलचित्र क्षेत्रमा गरेको योगदानका लागि राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थिए। उनको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा ठूलो क्षति पुगेको छ।









































































