इनरुवा : सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा सामाजिक क्षेत्रमा क्रियाशिल अगुवा महिलाहरुको संस्था हाम्रो सहयात्रा मञ्चले आयोजना गरेको प्रथम वार्षिक उत्सव एंव शुभकामना आदानप्रदान कार्यक्रममा अभिनेत्री तथा हास्य कलाकार दिपाश्री निरौलालाई सम्मान गरेको छ ।

कार्यक्रममा कलाकार निरौलालाई इनरुवा नगरपालिकाका मेयर राजन मेहताले सम्मानपत्र प्रदान गरेका थिए ।
अतिथीका रुपमा सहभागी हुन आएकी कलाकार दिपाश्री निरौलाले अभिनय गरेका छक्का पञ्जा ३ को चर्चित ‘गित औठी बैना मागे पहिलो नम्बरमा’ बोलको गितबाट कार्यक्रममा शुभकामना मन्तव्य राखेका मेयर मेहताले दिपाश्रीलाई औठी बैना मागे पहिलो नम्बरमा भन्दै उनको अभिनय र सामाजिक कार्यको खुलेर प्रशंसा गरेका थिए ।

कलाकार निरौलाले महिलाको हक अधिकारको सुनिश्चीतता हँुदै गएकाले महिलाहरु विभिन्न क्षेत्रमा अगाडी बढ्न थालेकाले स्थानिय सरकारले समेत महिला जागरण ल्याउन र सामाजिक क्षेत्रमा महिलाको सहभागीता वृद्धि गर्न थप हौसला प्रदान गर्नु पर्ने धारणा राखेकी थिईन् ।

इनरुवामा स्वास्थ्य सेवा दयनिय अवश्थामा रहेकाले इनरुवा अस्पतालको अवश्थामा सुधार ल्याउन कलाकार दिपाश्रीको साथ र सहयोगको अपेक्षा इनरुवा नगरपालिकाले राखेकाले अभियानमा सहभागी मेयर मेहताले आग्रह गरेका थिए ।

कार्यक्रममा इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेल, वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, शिक्षासेवी पुरुषोत्तम घिमिरे, संस्थाकी अध्यक्ष विनिता दाहाल, सचिव तारा पोखरेल लगायतका अगुवाहरुको सहभागीता रहेको थियो।