ईलाम: ईलामको चुलाचुली गाउँपालिका ५ सिंधुवा खोलाबाट आज बिहान ८० क्यु.फिट सखुवाको काठ सहित ४ जनालाई पक्राउ गरिएकोछ ।

प्रहरी चौकी पेल्टीमारी र सब डिभिजन बन कार्यालय चुलाचुलीबाट खटिएको संयुक्त टोलीले अवैध रुपमा साईकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा ईलाम माङ्सेबुङ गाउँपालिकाका ४ जना पक्राउ परेको हो । पक्राउ पर्नेहरुमा गाउँपालिका ४ का १९ बर्षीय सबिन लिम्बु, २१ बर्षीय राजकुमार पाल, १३ बर्षीय सगुन लिम्बु र १५ बर्षीय सुभित राई रहेका छन् ।

उनीहरुबाट काठसहित ओसारपसारमा प्रयोग भएको २० थान साईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ । बरामद काठसहित चारै जनालाई आवश्यक कानूनी कारवाहीको लागि सब डिभिजन वन कार्यालय चुलाचुली पठाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

तस्बिर: फाइल तस्बिर